दर्ता नं : ७९/२०५४/५५
आज: २०७९-चैत-१० गते, शुक्रबार

About Us

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

२०१३ सालमा सहकारीको उदयसंगै नेपालमा सहकारी स्थापनाको शुरुवात भएको  मानिन्छ । त्यस पश्चात् धेरै लामो समयसम्म नेपालमा सहकारीको विकासले त्यती गति लिएको पाईंदैन । जब सहकारी ऐन २०४८ जारी भै सकेपछी त्यसले गति लिन थाले पश्चात सहकारीको गुणात्मक भन्दा पनि संख्यात्मक रुपमा बृद्धि हुन थाल्यो । पछि राज्यको चाहना र सहकारी आन्दोलनले अपेक्षा गरेका उद्देश्यहरु पूरा गर्न सहकारी विचको अस्वस्थ प्रतिस्पर्धा, पूँजीको अभाव लगायतका समस्याको समाधानका लागि सहकारीहरुको संख्यात्मक बृद्धि संगै गुणात्मक बृद्धि नभै राखेको, सहकारीको अत्यधिक संख्यात्मक बृद्धी हुन थाल्यो । 

अनावश्यक रुपमा प्रतिस्पर्धा भैराखेको यसरी भएको अस्वस्थ प्रतिस्पर्धाका कारण कतिपय सहकारी संस्थाहरुले सहकारी आन्दोलनलाई नै कलंकित बनाई आम जनमानसमा समेत सहकारीको विश्वसनियता माथी प्रश्न उठ्न थाल्यो । अब सहकारीहरु फुटेर होइन जुटेर अगाडी बढ्नु पर्दछ भन्ने मान्यताका साथ सहकारी अभियानका अभियान्ता तथा नेपाल सरकारले समेत सहकारी एकिकरणमा जोड दियो । त्यस लगतै संगै देशका भिन्नभिन्न भूगोल र उद्देश्य बोकेका १९ वटा सहकारी संस्थाहरु एकिकरण भै हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लि. बनेको हो ।

जसमा जनता बहूउद्देश्यीय सहकारी संस्था लि. सोह्रखट्टे को केन्द्रीय कार्यालय सहित नेपालटारमा रहेको मनमैजु सेवा केन्द्र, स्वयम्भू डल्लु बचत तथा ऋण सहकारी संस्था लि.डल्लु ,  शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.गंगवु, हिमशिखर बचत तथा ऋण सहकारी संस्था लि.लगनखेल, हौसला बहूउद्देश्यीय सहकारी संस्था लि.सीतापाइला, हाम्रो गाउँ बचत तथा ऋण सहकारी संस्था लि.बाफल, भ्याली बहूउद्देश्यीय सहकारी संस्था लि.सुन्धारा (शून्य कारोबारबाट), मेगा बचत तथा ऋण सहकारी संस्था लि.भकुण्डेबेसी,जनउत्थान कृषि सहकारी संस्था लि.गोरखा,ओमशान्ति बचत तथा ऋण सहकारी संस्था लि.तनहुँ, मौलीक बचत तथा ऋण सहकारी संस्था लि.बुसन्धारा, क्रियाशिल बचत तथा ऋण सहकारी संस्था लि.कलंकी, दौतरी बचत तथा ऋण सहकारी संस्था लि.बर्दिबास (महोत्तरी), सर्बोदय बहुमुखी सहकारी संस्था लि. धनगढी, सिपमुलक बहुउद्देश्यीय सहकारी संस्था लि. बन्दिपुर, तनहुँ ,श्री सदावहार सृजनशिल कृषि सहकारी संस्था लि.सुर्खेत , लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लि. नेपालगञ्ज , (बाँके), कामक्षा सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्था लि.झापा (बिर्तामोड) गरि १९वटा सहकारिहरु एकिकरण गरि केन्द्रीय कार्यालय सहित २४ वटा सेवाकेन्द्र बाट सेवा प्रदान गरिरहेका छौ । 

 हाल देशभर कार्यक्षेत्र स्थापना गरी हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था एकीकरण सँगै सातै प्रदेशमा आफ्नो सेवा केन्द्र विस्तार गर्न पुगेको छ । एकिकरण पश्चात संस्थाले देशभरका २४ वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आईरहेको छ । 

पूँजीको अवस्थाः

एकिकरण अगाडीका संस्थाहरुको सानासाना पंूजीमा छरिएर रहेको अवस्थामा एकिकरण भैसकेपछि त्यसको आकार समेत निकै ठूलो हुन पुगेको छ । जसका कारणले संस्था आफ्ना सदस्यहरुको समस्या समाधानमा अझ सहज हुंदै जानुका साथै संस्था संचालनमा समेत सहज हुंदै गएको महसुस हामीले गरेकाछौं ।

संगठनात्मक अवस्थाः

संस्थामा हाल ९ सदस्यीय संचालक समितिमा अध्यक्ष –के. बि. उप्रेती, उपाध्यक्ष –शिब प्रसाद कट्टेल, कोषाध्यक्ष – मुकुन्द प्रसाद पाण्डे, संचालक सदस्यहरुमा बद्रि महत, प्रकाश मान शाही, विष्णु रिमाल र अरुण भण्डारी हुनुहुन्छ । ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको नेतृत्व राजु पौडेल ले गर्नु भएको छ । ३ जनाको कर्जा उपसमिति, केन्द्रीय कार्यालय र सातै प्रदेश सहित २४ वटा सेवा केन्द्रहरु, विभिन्न उपसमितिहरु सबै सेवाकेन्द्रमा स्थानिय व्यवस्थापन उपसमितिहरु १६५ जना प्रत्यक्ष रुपमा संस्थामा कार्यरत कर्मचारीहरु संस्थाको कार्यक्षेत्र अधिराज्य भरि रहेकाले सबै भूगोलका गरि करिब १५३२१ शेयर सदस्यहरु रहनु भएको छ ।

उद्देश्यः

१. संस्थामा संलग्न सदस्यहरुमा मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकाश गर्ने ।

२. सदस्यहरुको व्यक्तिगत एवं सामुहिक क्षमता अभिबृद्धि गरी स्वावलम्वी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पु¥याउने ।

३. सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्रिय पुँजीको उपयोग बढाउने  ।

४. सदस्यहरुको दैनिक जीवनका विविध क्षेत्रमा संस्थागत सहयोग पु¥याउने खालका सेवामूलक कार्यक्रमहरु संचालन गरी सहकारिताको महत्व स्थापित हुने काम समुदायमा प्रदर्शित गर्ने ।

५. सहकारी सिद्धान्तको पालना गर्दै संस्थागत शुसासन र वित्तीय स्वःसक्षमताका मूल्यमान्यतालाई सर्बोपरि मानेर संस्था र सदस्यहरुको सर्वोपरी हितको प्रवद्र्धन गर्ने । 

६. सदस्यहरुलाई परम्परागत कृषि प्रणालीबाट बजारमुखी कृषि प्रणालीमा रुपान्तरण गरी चिया कफि एवं अन्य कृषिजन्य (अन्न, दलहन, तेलहन, नगदेबाली, फलफुल साग पात एवं जडिबुटी, काष्ठजन्य बनस्पती) उत्पादन, प्रशोधन समेत (वितरण प्रणाली), र उपभोगमा सहकारी पद्धतिको विकास गर्न आवश्यक कार्यहरु गर्ने । 

७. सदस्यहरुको आवश्यक्तालाई मध्यनजर घरायसी प्रयोजनका सामग्रीहरु उत्पादन, विक्री वितरण सम्बन्धी आवश्यक कार्यहरु गर्ने ।

८. सदस्यहरुको सेवा एवं सुविधाका कृषि एवं पशुपालनका लागि आवश्यक पर्ने मल खाद, बिउ बिजन, पशु आहार, औषधी उत्पादन एवं बिक्री वितरणका लागी आवश्यक कार्य गर्ने ।

९. सदस्यहरुको हितका लागी फर्निचर जन्य सामानहरु, हेण्डी क्राफ्टका सामाग्रीहरु, पश्मीना, सिलिकन, उनी एवं विभिन्न प्रकारका कपडाहरु उत्पादन गरि बिक्रि वितरण सम्बन्धी सेवा प्रदान गर्ने ।

१०. सहकारीको आफ्नै उत्पादन एवं सदस्यहरुले उत्पादन गरेको कृषि उपज, फलफूल, जडिबुटी, चिया, कफि, माछा मासु जन्य उत्पादन, दुध एवं दुध्दजन्य उत्पादनहरु संकलन, प्रशोधन गरि सो को बजारीकरण सम्बन्धी आवश्यक कार्य गर्ने ।

११. सदस्यहरुलाई स्वास्थ्य, शिक्षा, खानेपानी, बिमा, छपाई जस्ता सेवाहरु प्रदान गर्ने ।

१२. सदस्यहरुलाई विभिन्न प्रकारका सिपमूलक एवं व्यवसायीक तालिम प्रदान गर्ने ।

१३. सदस्यहरुलाई पर्यटन, यातायात सेवा, होटल एवं क्याटरिङ सेवा उपलब्ध गर्ने ।

१४. सदस्यहरुबाट नियमित बचत संकलन एवं अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग कर्जा प्राप्त गरी आवश्यक वित्तीय स्रोत संकलन गर्ने र संस्थाका सदस्यहरुलाई  कृषि एवं पशु, पक्षी, मछा जन्य आयमूलक एवं उद्यमशील क्रियाकलापहरु संचालनका लागी ऋणको रुपमा परिचालन गर्ने ।

१५. संस्थाका सदस्य, पदाधिकारी एवं कर्मचारीहरुको सहकारी भावना, पेशागत सीप र क्षमता अभिबृद्धि गरी कृषि तथा कृषिका लागि आवश्यक आपूर्ति व्यवस्थाको उत्पादकत्व र प्रभावकारितामा सकारात्मक योगदान पु¥याउने । 

१६. कृषि खेतीलाई आधुनिकीकरण गर्न शेयर सदस्यहरुबाट शेयर वापत जम्मा रकम बाट वा नेपाल सरकार तथा दातृ निकायबाट अनुदान लिई कृषि कार्य एवं कृषिजन्य उत्पादनको प्रशोधनमा प्रयोग हुने मेशिन, औजार, उपकरण एवं साधन सदस्यहरुलाई उपलब्ध गराउने । 

१७. कार्य क्षेत्र भित्रका गरिब, दलित, जनजाति, महिला साना उद्यमी, साना ब्यापारी, साना किसानहरुलाई समुहगत रुपमा संगठित गराई सहकारिताको माध्यमबाट उनीहरुको जीवनस्तर उकास्न आर्थिक, सामाजिक एवं सामूदायिक विकासका कार्यक्रमहरु तर्जुमा, व्यवस्थापन र सञ्चालन गर्ने ।

१८. समान प्रकृतिका अन्य सहकारी संस्थाहरुको विभिन्न तहका संघहरुको नियमानुसार सदस्यता प्राप्त गरी अन्तर सहकारी व्यावसायिक एवं प्राविधिक अन्तरसम्बन्ध र सहयोग विस्तार गर्ने ।

१९. नेपाल राष्ट्र बैक एवं अन्य सम्बन्धीत निकायबाट स्वीकृती लिई लघु बित्त कारोबार सम्बन्धि कार्यक्रमहरु संचालन गर्ने ।

२०. नेपाल राष्ट्र बैक बाट स्वीकृति लिई मुद्रा बिप्रेसण (च्झष्ततबलअभ) सम्बन्धि कार्य गर्ने ।

कार्यहरुः

१. सदस्यहरुबाट स्वीकृत नीति अनुसार बचत संकलन गर्ने ।

२. सदस्यहरुलाई  स्वीकृत नीति अनुसार ऋण लगानी गर्ने ।

३. सहकारी ऐनको दफा २३ ९१० बमोजिम संस्थाको शेयर बिक्री गर्ने ।

४. सहकारी ऐन, नियमावली र विनियमको अधीनमा रही स्वदेशी वा बिदेशी बैंक, संघ, संस्था, कम्पनी व्यक्ति आदिबाट ऋण लिने । 

५. सहकारिता बारे सदस्यहरुको चेतना जगाउने क्रियाकलाप संचालन गर्ने ।

६. सदस्यहरुलाई बिप्रेषण (रेमिट) सम्बन्धी सेवा दिने ।

७. सहकारी रेडियो स्थापना गरि संचार सेवा उपलब्ध गराउने ।

८. छपाई तथा स्टेशनरी सम्बन्धी सेवा उपलब्ध गराउने ।

९. सदस्यहरुलाई पार्टी प्यालेस, सभा गृह र क्याटरिङ्गको सेवा प्रदान गर्ने ।

१०. पेट्रोल पम्प सञ्चालन गरि सदस्यहरुलाई पेट्रोलियम पदार्थ विक्रि वितरणको व्यवस्था   गर्ने ।

११. सदस्यहरुलाई कोल्ड स्टोर स्थापना गरि सुविधा प्रदान गर्ने ।

१२. सदस्यहरुलाई कृषि, पशुपंक्षी, माछा, दुध उत्पादन प्रशोधन तथा बिक्रिको सुविधा प्रदान गर्ने ।

१३. सदस्यहरुलाई डिपार्टमेण्टल स्टोरको संचालन गरी सुविधा प्रदान गर्ने ।

१४. सदस्यहरुलाई उपभोग्य बस्तुको विक्री वितरण थोक तथा खुद्रा व्यापार सेवा प्रदान गर्ने ।

१५. सदस्यहरुलाई होटल तथा भान्साघर संचालन गरि सुविधा प्रदान गर्ने ।

१६. देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्नका लागि विभिन्न प्राविधिक प्रशिक्षण केन्द्र तथा शैक्षिक संस्था संचालन गर्ने ।

१७. महिला सदस्यहरुलाई महिला शिक्षा तथा तालिमको व्यवस्था गर्ने ।

१८. सदस्यहरुलाई सिलाई बुनाई, हेण्डी क्राफ्ट उत्पादन सम्बन्धी सिप मूलक तालिम प्रदान गर्ने साथै सिलाई बुनाई हेण्डी क्राफ्ट उत्पादन एवं विक्री वितरण सम्बन्धी व्यवसाय   गर्ने ।

१९. सदस्यहरुबाट उत्पादित कृषि जन्य, पशुपालन, माछा मासु एवं घरेलु उद्योग जन्य बस्तुहरुको उत्पादनहरुको बजार प्रबद्र्धन सम्बन्धी कार्य गर्ने ।

२०. पर्यटन व्यवसाय प्रवद्र्धनका कार्यहरु गरि सदस्यहरुलाई सुविधा दिने ।

२१. यातायात व्यवसाय संचालन गरि सदस्यहरुलाई सुविधा दिने ।

२२. सदस्यहरुलाई सेवा पु¥याउन निर्माण सामाग्रीहरुको थोक तथा खुद्रा व्यापार गर्ने ।

२३. सदस्यहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने ।

२४. सदस्यहरुबाट स्थानिय स्तरमा उपलब्ध प्राकृतिक स्रोतहरुको संकलन, जडिबुटी उत्पादन, प्रशोधन तथा विक्री वितरण गर्ने ।

२५. सदस्यहरुलाइ परिचालन गरि एकिकृत कृषि फार्म, जडिबुटी खेती, फलफूल बगैंचा, पशुपालन तथा माछा पालन फार्म संचालन गर्ने ।

२६. सदस्यहरुलाई व्यवस्थित बसोबासको व्यवस्था गर्ने ।

२७. विभिन्न बिमा कम्पनीहरुको एजेन्ट भई सदस्यहरुलाई विमा सेवा प्रदान गर्ने ।

२८. सदस्यहरुसंग लघुवित्त कार्यक्रम संचालन गर्ने ।

२९. सदस्यहरुलाई खानेपानी उत्पादन, प्रशोधन तथा वितरणको सेवा प्रदान गर्ने ।

३०. सदस्यहरुलाई खाद्यान्नका बस्तुहरु उत्पादन, प्रशोधन तथा वितरणको सेवा प्रदान गर्ने ।

३१. सहकारी गार्मेन्ट उत्पादन, पश्मीना, उलन, कटन, सिल्क आदीबाट उत्पादन हुने कपडाहरु उत्पादन गर्ने उद्योग स्थापना गरि उत्पादित सामानहरु विक्री तथा वितरण गर्ने ।

३२. सल, स्वीटर, गलबन्दी, टोपी, मोजा, पन्जा, मजेत्रो जस्ता विभिन्न हस्तकला जन्य सामाग्रीहरु उत्पादन गरि विक्री वितरण गर्ने ।

३३. सदस्यहरुलाई फर्निचर उद्योग स्थापना गरि फर्निचर जन्य सामानहरु उत्पादन गरि विक्री वितरण सम्बन्धी कार्य गर्ने ।

३४. कृषि तथा पशुपन्छी पालनका लागि आवश्यक पर्ने मलखाद, दाना तथा पशु आहार औषधी उत्पादन खरिद, विक्री वितरण सम्बन्धी कार्य गर्ने ।

३५. अगरबत्ति, मैनबत्ति, अचार, मसला, साबुन जस्ता बस्तुहरु उत्पादन गर्ने घरेलु उद्योग स्थापना गरि उत्पादित बस्तुहरु विक्री वितरण गर्ने ।

३६. सदस्यहरुलाई इलेक्ट्रीकल, ईलेक्ट्रोनिक्स एवं विभिन्न प्रकारका सामानहरु आयात निर्यात तथा विक्री वितरण सेवा प्रदान गर्ने ।

३७. सदस्यहरुको टेलिफोन, विद्युत, खानेपानी, ईन्टरनेट आदिको महसुल भुक्तानी सम्बन्धी व्यवस्था गर्ने ।

३८. क्ष्त् तथा संचारसंग सम्बन्धित दाता निकायहरुसंग समन्वय गरि, मध्यस्त गरि सदस्यहरुलाई पहुंच पु¥याउने ।

३९. सदस्यहरुलाई ःइद्यक्ष्ीभ् द्यब्ल्प्क्ष्ल्न्, क्ःक् द्यब्ल्प्क्ष्ल्न्, च्भ्ऋज्ब्च्न्भ् जस्ता अत्याधुनिक बैकिङ्ग सेवा उपलब्ध गराउने ।

४०. कारोबारको मुनाफाबाट केही अंश छुट्याई सदस्यहरु एवं तिनका परिवारका सदस्यहरुलाई रचनात्मक कार्यमा उत्प्रेरित गर्ने खालका कार्यक्रम संचालन गर्ने । आदी

उपलब्ध सेवाहरु

१. ABBS : ABBS सेवा माफर्त संस्थाका सबै सेवा केन्द्रहरुबाट जतिपनि रकम जम्मा गर्न र आवश्यकता अनुसार झिक्न सकिने छ ।

२. युटिलिटी पेमेन्टः यस सेवा मार्फतMOBILE BANKING, SMS BANKING, RECHARGE, बिद्युतको बिल भुक्तानी, पानीको बिल आदी भुक्तानी गर्न सकिने छ ।

३. लघुवित्त कार्यक्रमः लघुवित्तको कार्यक्रम मार्फत पिछडिएका बर्ग तथा क्षेत्रका ग्रामिण महिलाहरुलाई समुहमा आबद्ध गराई उनिहरुको आर्थीक,सामाजीक  तथा शिपमुलक तालिमको आवश्यक्तालाई परिपुर्ति गर्दै आत्मनिर्भर बनाउने कार्यलाई निरन्तरता दिदै आएकाछौं ।

४. घरदैलो बैकिङ्गः घरदैलो बैकिङ्ग कार्यक्रम मार्फत कम आम्दानी भएका, दैनिक ज्याला मजदुरी गरि जीवन निर्वाह गर्ने, बैकिङ्ग पहुंच नभएका, बैकिङ्ग कारोवारमा शैक्षिक हिसाबले पहुंच नपुग्ने तथा सानोसानो रकम जम्मा गर्न र आवश्यक्ता पर्दा सानोसानो रकम झिक्न बैंक सम्म पुग्न नसक्ने सदस्यहरुलाई हामीले घरदैलो बैकिङ्ग सुविधा प्रदान गरेकाछौं ,जसका कारण सदस्यहरुको बचत गर्ने बानी तथा बचत गर्न सहजता मिलेकै कारणले हुन सक्दछ । त्यस्ता सदस्यहरु को प्रबाह संस्थामा बढेको छ । आगामी दिनहरुमा घर दैलो कार्यक्रम लाई अझ प्रभाबकारि बनाउन प्रबिधीको प्रयोग गरि सदस्यहरु लाइ अझ बढि सुबिधा दिइने छ ।

५. रेमिटेन्सः सदस्यहरुको सहजताका निमित्त नेपालमा खोलीएका अधिकांश विप्रेशण प्रदायक कम्पनीहरु संग सम्झौता गरि रेमिटेन्सको सुविधा समेत उपलब्ध गराउंदै आई रहेकाछौं ।

६. कर्जा कारोबार ः सहकारीको मर्म र भावना अनुसार आफ्ना सदस्यहरुलाई कृषि, बैदेशीक रोजगार, शैक्षिक, कुखुरा पालन, वाख्रा पालन गाई भैंसीं पालन मौरी, तरकारी खेती, सानासाना पसल संचालन गर्न घर निर्माण जस्ता उद्देश्यमा उनीहरुको आवश्यक्ता, प्रभावकारिता, भौगोलिक आवश्यक्ता, स्वरोजगार मूलक उत्पादन मूलक बजारको आवश्यकता आदीका आधारमा बिना धीतो तथा धीतो  कर्जाहरु उपलब्ध गराई राखेको छ । 

विशेषताः

१. देशभरि कार्य क्षेत्र रहेको ।

२. समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुद्वारा नेतृत्व प्रदान ।

३. सहकारीको मूल्य र मान्यतामा आधारित ।

४. पूर्ण प्रजातान्त्रीक रुपमा नेतृत्व प्रदान ।

५. सहकारीको माध्यमबाट समाज र राष्ट्रको आर्थिक बृद्धीमा समर्पित ।

६. उद्देश्य मूलक र अनुकरणीय पद्धतीबाट संस्था संचालन ।

७. अनलाइन माध्यमबाट अध्याधुनिक बैकिङ्ग सेवा ।

सामाजिक दायित्वः

संस्था संचालन भए पश्चात विभिन्न प्राकृतिक तथा दैवी प्रकोपको समयमा संस्थाले आफ्ना सदस्यहरुलाई संस्थाको हैसियत अनुसार सहयोग पु¥याउंदै आईरहेको छ । संस्थाको कार्यक्षेत्र ठूलो रहेको विभिन्न पेशा र भूगोलमा सदस्यहरु रहनु भएकोले संस्थाले अतिबृष्टी, अनाबृष्टी, बाढी, पहिरो जस्ता प्रकोपहरुमा सहयोग पु¥याउंदै आईरहेको छ । २०७२ सालको महा भूकम्प होस वा  २०७६ सालको कोरोनाको महामारीमा समेत सदस्यहरुको घरघरमा पुगी नगद हस्तान्तरण तथा स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउने कार्य समेत गर्दै आएका छौ ।

भावी योजनाः

संस्थाको कार्यक्षेत्र देशभरि रहेकाको र  हाम्रा सदस्यहरु पनि देशै भरि छरिएर रहेकाले उहांहरुलाई सहज सेवाका लागि सातै प्रदेशमा सेवाकेन्द्र संचालन गर्ने । अत्याधुनिक बैंकिङ्ग सेवा संचालन गर्न सदस्यको पहंूच हुने सेंवाकेन्द्रहरुमा मानव रहित नगद काउण्टर ब्त्ः हरु संचालन गर्दै देश कै नमूना सहकारी बनाईने छ । संस्था बहूउद्देश्यीय प्रकृती अथवा बहूृउद्देश्यीय भएकाले संस्थाको उद्देश्य तथा कार्य अनुरुप कार्य गर्नका लागि वा भनौं अर्को अर्थमा भन्ने हो भने नेपाल सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालयको बहूउद्देश्यीय सहकारी प्रतिको अपेक्षा, सहकारी ऐन २०७४ ले परिलक्ष्यीत गरेका उद्देश्यहरु हासिल गर्न आयात प्रतिस्थापन, निर्यात बढाउन विदेशीयका युवाहरुलाई आफ्नै देशमा स्वरोजगार बनाई कृषि उत्पादन बढाउन कृषक (सदस्य) हरुले उत्पादन गरेका कृषि उपजको प्रशोधन, विचौलिया रहीतको बजारिकरण कृषि तथा पशुपालन व्यवसायमा देखिएको निर्वाहमुखी कामलाई व्यावसायीकीकरण, कृषिमा विश्वले गरेका उपलब्धीहरु नेपालमा भित्रयाउन आधुनिक कृषि औजारको निर्माण तथा यसको प्रयोगमा बढी जोड दिंदै नेपाललाई खाद्यान्न माछा मासु तरकारी तथा फलफूल जडिबुटी दूध जन्य पदार्थ लगायतको उत्पादनमा सदस्यहरुलाई प्रोत्साहन गर्दै संस्था स्वंयमले समेत कूलको पूंजी कम्तीमा ७०% यसैमा लगानी गरि देशलाई आत्मनिर्भर बनाउंदै हाम्रा सदस्यहरुले उत्पादन गरेका यस्ता बस्तुहरु हाम्रा छरिएर बसेका सदस्यहरुमा उपलब्ध गराउन संस्थाले सहकारी बजार संचालनमा ल्याउने ,हाम्रा ग्रामिण भेगका सदस्यहरुबाट उत्पादन भएका कृषि जन्य वस्तुहरुलाई उचित मूल्य दिई बजारमा बस्ने सदस्यहरुलाई अर्गानिक, स्वास्थ्यका लागि प्रतिकूल नहुने उत्पादनहरु सहज मूल्यमा उपलब्ध गराउन सहकारी पसल संचालनमा ल्याउन संचालक समितिको बैठकले बैकल्पीक व्यवसाय प्रवद्र्धन उपसमिति गठन गरिसकिएको छ । निकट भविष्यमा यसको शुरुवात हुनेछ ।
 

गोपिनाथ घिमिरे
     धन्यबाद
जय सहकारी