दर्ता नं : ७९/२०५४/५५
आज: २०७९-चैत-१० गते, शुक्रबार

Message From Acting CEO

देशभर कार्यक्षेत्र भएको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था एकीकरण सँगै सातै प्रदेशमा आफ्नो सेवा केन्द्र विस्तार गर्न पुगेको छ । एकिकरण पश्चात संस्थाले देशभरका २३ वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्ने भएको छ ।

अत्याधुनिक बैंकिङ्ग सेवा संचालन गर्न सदस्यको पहंूच हुने संस्थाहरुमा मानव रहित नगद काउण्टरहरु संचालन गर्दै देश कै नमूना सहकारी बन्ने गरी काम गरिरहेका छौं । संस्था बहूउद्देश्यीय प्रकृती अथवा बहूृउद्देश्यीय भएकाले संस्थाको उद्देश्य तथा कार्य अनुरुप कार्य गर्नका लागि वा भनौं अर्को अर्थमा भन्ने हो भने नेपाल सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालयको बहूउद्देश्यीय सहकारी प्रतिको अपेक्षा, सहकारी ऐन २०७४ ले परिलक्ष्यीत गरेका उद्देश्यहरु हासिल गर्न आयात प्रतिस्थापन, निर्यात बढाउन विदेशीयका युवाहरुलाई आफ्नै देशमा स्वरोजगार बनाई कृषि उत्पादन बढाउने हिसाबले काम गरिरहेका छौं ।

कृषक (सदस्य) हरुले उत्पादन गरेका कृषि उपजको प्रशोधन, विचौलिया रहीतको बजारिकरण कृषि तथा पशुपालन व्यवसायमा देखिएको निर्वाहमुखी कामलाई व्यावसायीकीकरण, कृषिमा विश्वले गरेका उपलब्धीहरु नेपालमा भित्र्याउन आधुनिक कृषि औजारको निर्माण तथा यसको प्रयोगमा बढी जोड दिंदै नेपाललाई खाद्यान्न माछा मासु तरकारी तथा फलफूल जडिबुटी दूध जन्य पदार्थ लगायतको उत्पादनमा सदस्यहरुलाई प्रोत्साहन गर्दै लगानी गरिरहेका छौं ।

देशलाई आत्मनिर्भर बनाउंदै हाम्रा सदस्यहरुले उत्पादन गरेका यस्ता बस्तुहरु हाम्रा छरिएर बसेका सदस्यहरुमा उपलब्ध गराउन संस्थाले सहकारी बजार संचालनमा ल्याउने हाम्रा ग्रामिण भेगका सदस्यहरुबाट उत्पादन भएका कृषि जन्य वस्तुहरुलाई उचित मूल्य दिई बजारमा बस्ने सदस्यहरुलाई अर्गानिक, स्वास्थ्यका लागि प्रतिकूल नहुने उत्पादनहरु सहज मूल्यमा उपलब्ध गराउन सहकारी पसल संचालनमा ल्याउन संचालक समितिको बैठकले बैकल्पीक व्यवसाय प्रवद्र्धन उपसमिति गठन गरिसकिएको छ । निकट भविष्यमा यसको शुरुवात हुनेछ ।

गोपिनाथ घिमिरे
का.मु. प्रमुख कार्यकारी अधिकृत

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड