हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीको २२ औं सेवा केन्द्र दमौलीमा

  • 2021-09-17

दमौली : ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाले तनहुँको दमौलीबाट पनि सेवा विस्तार गरेको छ ।

आज एक कार्यक्रमको बीच संस्थाका उप महाप्रबन्धक गोपीनाथ घिमिरेरे सेवा शुभारम्भ गर्नुभएको हो । संस्थाको यो २२ औं सेवा केन्द्र हो । देशभर कार्यक्षेत्र रहेको यस संस्थाले सात वटै प्रदेशमा सेवा विस्तार गर्ने तयारी गरेको छ । संस्थाले भदौ २८ गते ६ वटा सहकारी एकीकरण सम्पन्न गरेको थियो ।