हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीद्वारा नयाँ बचत खाता योजना सार्वजनिक

  • 2022-03-31

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ चार प्रकारका बचत खाता योजना सार्वजनिक गरेको छ । जसमा सुनौलो बचत खता, खुत्रुके बचत खाता, ३६५ दिने बचत खाता र ३ वर्षे बचत खाता रहेका छन् । खातामा सदस्यको इच्छाअनुसार दैनिक, साप्ताहिक, पाक्षिक वा मासिक रुपमा रकम जम्मा गर्न सकिने छ ।

१. सुनौलो भविष्य खाता (Bright Future Deposit Account) 

क) यस बचत खाताको अवधि कम्तीमा २ वर्ष वा सोभन्दा बढीको हुनु पर्ने छ ।
ख) यस खातामा सदस्यको इच्छाअनुसार दैनिक, साप्ताहिक, पाक्षिक वा मासिक रुपमा रकम जम्मा गर्न सकिने छ ।
ग) यस बचत खातामा अवधिअनुसार ब्याज दिइने  छ ।
२ वर्षे बचतमा बढीमा १२%, २ वर्षदेखि ५ वर्षसम्मको अवधिमा १२.५%, ५ वर्षदेखि १० वर्षे बचतको अवधिमा १३%, १० वर्षभन्दा माथि १४% ।
घ) निज सदस्यले बचत जम्मा गर्न सुरु गरेको १ वर्ष पूरा भएपछि जति रकम जम्मा भयो त्यति नै बराबरको दुर्घटना बीमा गरिने छ । त्यसरी नै बचत रकम बढ्दै जाँदा बीमा रकमसमेत बढाइने छ । एक वर्षमा जति रकम हुन्छ, त्यसको ०.५ प्रतिशतका दरले शेयर उपलब्ध गराइने छ ।

२. खुत्रुके बचत खाता (Piggy Bank Deposit Account)

क) यो बचत खाता जन्मेदेखि १६ वर्ष अवधिसम्मका बालबालिकाहरुका लागि हुनेछ ।
ख) खाताको अवधि २ वर्षभन्दा बढीको हुनुपर्ने छ ।
ग) यस खातामा सदस्यको इच्छाअनुसार मासिक रुपमा संस्थाको कर्मचारी र सदस्यको रोहोबरमा खुत्रुके खाता खोली संस्थामा जम्मा गर्न सकिनेछ ।
घ) यस बचत खातामा अवधिअनुसार निम्नअनुसार ब्याज दिइने छ ।
२ वर्षे बचतमा बढीमा १२ %, २ वर्षदेखी ५ वर्ष सम्मको अवधिमा १२.५ %, ५ वर्षदेखि १० वर्षे बचतको अवधिमा १३ % र १० वर्षभन्दा माथी १४ % ।
घ) निज सदस्यले बचत जम्मा गर्न सुरु गरेको १ वर्ष पूरा भएपछि जति रकम जम्मा भयो त्यति नै बराबरको दुर्घटना बीमा गरिने छ । त्यसरी नै बचत रकम बढ्दै जाँदा बीमा रकमसमेत बढाइने छ । जम्मा भएको रकमको ०.५ प्रतिशतका दरले शेयर उपलब्ध गराइने छ ।
*शर्तहरु लागु हुने छन ।

३. ३६५ दिने बचत खाता (365 Days Deposit Account)

क) यस बचत योजनामा सबै उमेर समूहका व्यक्तिहरु सदस्य बन्न सक्ने छन् ।
ख) यस योजना अन्तर्गत सदस्य बनेका सदस्यहरुले कबुल गरेको रकम नियमित रुपमा दैनिक जम्मा गर्नुपर्ने छ ।
ग) यस बचत योजनाको बीचमा कार्यक्रम छोड्नुपर्ने भएमा साँवा रकम मात्र उपलब्ध गराइने छ ।
घ) यस बचत योजनामा सदस्य बनेका सदस्यहरुले नियमित रुपमा नगद जम्मा गरेको ३६५ दिन पूरा भए पछि त्यसको ३० दिनपछि भुक्तानी दिइने छ ।
ङ) कुनै कारणले नियमित रुपमा रकम जम्मा गर्दै जाँदा बीचमा रकम जम्मा हुन नआएमा र यस योजनालाई निरन्तरता दिन चाहेमा दैनिक रुपमा जम्मा गर्दै ३६५ किस्ता तिर्नु पर्नेछ ।
 *शर्तहरु लागुु हुुने छन्।

४. ३ वर्षे मासिक बचत खाता (3 Years Deposit Account)

क) यस बचत योजनामा सबै उमेर समूहका व्यक्तिहरु सदस्य बन्न सक्ने छन् ।
ख) यस योजना अन्तर्गत सदस्य बनेको सदस्यहरुले मासिक रुपमा रु. २३५०/– का दरले ३६ महिना  (३६ किस्ता) जम्मा गरिसकेपछि ३७ औं महिनामा एकमुष्ट रु. १,००,०००/– भुक्तानी दिइने छ । आपूmले कबुल गरेको रकम नियमित मासिक रुपमा जम्मा गर्नु पर्नेछ ।
ग) यसै गरी रु. ४७००/- मासिक रुपमा ३६ किस्ता जम्मा गरेमा रु. २,००,०००/–,
७०५०/– मासिक रुपमा ३६ किस्ता जम्मा गरेमा रु. ३,००,०००/– भुक्तानी गरिनेछ ।
घ) यस बचत योजनाको बीचमा कार्यक्रम छोड्नुु पर्ने भएमा साँवा रकम मात्र उपलब्ध गराइने छ ।
*शर्तहरु लागु हुने छन ।