२०१३ सालमा सहकारीको उदयसंगै नेपालमा सहकारी स्थापनाको शुरुवात भएको मानिन्छ । त्यस पश्चात् धेरै लामो समयसम्म नेपालमा सहकारीको विकासले त्यती गति लिएको पाईंदैन । जब सहकारी ऐन २०४८ जारी भै सकेपछी त्यसले गति लिन थाले पश्चात सहकारीको गुणात्मक भन्दा पनि संख्यात्मक रुपमा बृद्धि हुन थाल्यो । पछि राज्यको चाहना र सहकारी आन्दोलनले अपेक्षा गरेका उद्देश्यहरु पूरा गर्न सहकारी विचको अस्वस्थ प्रतिस्पर्धा, पूँजीको अभाव लगायतका समस्याको समाधानका लागि सहकारीहरुको संख्यात्मक बृद्धि संगै गुणात्मक बृद्धि नभै राखेको, सहकारीको अत्यधिक संख्यात्मक बृद्धी हुन थाल्यो ।
अनावश्यक रुपमा प्रतिस्पर्धा भैराखेको यसरी भएको अस्वस्थ प्रतिस्पर्धाका कारण कतिपय सहकारी संस्थाहरुले सहकारी आन्दोलनलाई नै कलंकित बनाई आम जनमानसमा समेत सहकारीको विश्वसनियता माथी प्रश्न उठ्न थाल्यो ।
देशभर कार्यक्षेत्र भएको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था एकीकरण सँगै सातै प्रदेशमा आफ्नो सेवा केन्द्र विस्तार गर्न पुगेको छ । एकिकरण पश्चात संस्थाले देशभरका २३ वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्ने भएको छ । अत्याधुनिक बैंकिङ्ग सेवा संचालन गर्न सदस्यको पहंूच हुने संस्थाहरुमा मानव रहित नगद काउण्टरहरु संचालन गर्दै देश कै नमूना सहकारी बन्ने गरी काम गरिरहेका छौं ।
गोपिनाथ घिमिरे
का.मु. प्रमुख कार्यकारी अधिकृत
केन्द्रीय कार्यालय: कुपण्डोल, ललितपुर नेपाल
फो: 01-5180207/5441849, फ्याक्स: +977-015541849
E-mail: hamrosagarmathacoop@gmail.com, coop.hsmcol@gmail.com, info@hamrosagarmathacoop.com.np
२०५४ - २०७८ प्रतिलिपि अधिकार, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा निहित | Powered by : Advertising Nepal